सञ्चारकर्मी उदयराज जैसवालको निधन

सदरलाइन संवाददाता २७ कार्तिक २०७९, आईतवार १४:०९
 

नेपालगञ्ज : सञ्चारकर्मी उदयराज जैसवालको निधन भएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टी निवासी ३५ वर्षीय जैसवालको आइतवार बिहान घरमै निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका जैसवालको घरमै उपचार भइरहेको थियो । करिब ३ महिनाअघि ब्रेन ह्याम्रेज भएपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरि थप उपचारका लागि भारतको लखनउ लगिएको थियो ।

एक महिनासम्म लखनउमा उपचार गराउँदा सञ्चो हुन समय लाग्ने भएपछि डाक्टरकै सल्लाहमा घरमा राखेर उपचार प्रक्रिया चलिरहेको थियो ।


जैसवालले बाँकेको बिभिन्न सञ्चार संस्थामा काम गरेका छन् । शुरुवाती चरणमा रेडियो भेरी आवाज, रेडियो हिमाल, नेपालगञ्ज एफएम र पछिल्लो समय डुडुवामै सञ्चालित रेडियो सफल एफएममा म्यानेजरको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

बाँकेमा बाल क्लबहरु निर्माण गर्ने बेलादेखिनै जैसवालको जनचेतनामुलक कार्यक्रमहरुमा सहभागिता रहने गथ्र्यो । सञ्चारकर्मीसँगै कलाकारितामार्फत समेत जैसवालले आफुलाई चिनाएका छन् भने अवधी भाषा, कला क्षेत्रको संरक्षणमा जैसवालको उल्लेख्यनीय योगदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज र सुर्खेतबाट ढुवानी हुन नसक्दा हुम्लामा खाद्यान्न कमी

२७ कार्तिक २०७९, आईतवार १४:०९
नेपालगञ्ज : नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो । लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा […]

सम्बन्धित