त्रिभुवन विश्वविद्यालयको बेरुजु न्यूनिकरणको लागि पहल सुरु

३ चैत्र २०७५, आईतवार ०७:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : त्रिभुवन विश्वविद्यालयले बेरुजु न्यूनिकरणको लागि पहल सुरु गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले विश्वविद्यालयमा विभिन्न शिर्षकका १९ अर्व बढी बेरुजु निस्केपछि विश्वविद्यालयको लेखापरिक्षण महाशाखाले विश्वविद्यालय अन्तरगत बढ्दो बेरुजुलाई पूर्ण रुपले हटाउने उद्ेश्यले लेखा तथा प्रशासन प्रमुखको जिम्मेवारी रहेर कार्यरत कर्मचारीहरुलाई लक्षित गरी दुई दिने गोष्ठी नेपालगन्जमा सुरु गरेको हो ।
महालेखा परीक्षकले त्रिभुवन विश्वविद्यालयलाई क बर्गको बेरुजु राख्ने संस्थाको रुपमा पटक–पटक राखेपछि सो विश्वविद्यालय अन्तरगतका सबै संस्थाबाट बेरुजु न्यूनिकरण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको विश्वविद्यालयका लेखापरीक्षण महाशाखा प्रमुख नारायणबहादुर बस्नेतले जानकारी दिए ।
उनले लेखा हेर्दै आएका कर्मचारीलाई बेरुजु नहुने किसिमबाट योजना बनाउने साथै कारोबार गर्ने तौर तरिकाको बारेमा सहजिकरण गर्ने बताउदै भने–‘महालेखा परिक्षक कार्यालयबाट बेरुजु फच्र्यौट गर्नको लागि यो गोष्ठीले अहम भुमिका खेल्ने विश्वास लिएको छु ।’
उनले त्रिभुवन विश्वविद्यालय अन्तरगतका देश भरका सबै लेखा हेर्ने कर्मचारी तथा प्रशाशन प्रमुखलाई विभिन्न चार चरणमा यस्तो गेष्ठी आयोजना गरिने बताए । उनले नेपालगन्ज, भैरहवा, बिराटनगर र चितवन वा हेटौडामा यस्तो कार्यक्रम गर्ने जानकारी दिए ।
विश्वविद्यालयका कार्यक्रम तथा बजेट शाखाका अभिराज सिन्धुुराकारले काम पुरा भएको तर प्रकृया नपुगेको अवस्थामा रहेका बेरुजु थपिदै जानाले ठूलो भ्वलुममा बेरुजु देखिएको दाबी गरे । उनले बजेटको शिर्षक एकतिर खर्च अर्कोतिर भएको अवस्था वा तोकिएको बजेट भन्दा बढी खर्च भएको कारण र केही जबरजस्ती खर्च गरिएको अवस्थाको कारण बेरुजु बढेको स्पष्ट पारे ।
उनले भने–‘बेरुजु न्यूनिकरणको लागि बजेट व्यवस्थापनमा जोड दिनुपर्ने हुन्छ । बजेट निर्माण गर्दा कार्यक्रम र नीति तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’ उनले कहिले काही तोकिएको शिर्षक भन्दा फरक शिर्षकमा खर्चिएको रकमलाई सैद्धान्तिक बेरुजुको रुपमा राखेर कागजात पुरा गरी फच्र्यौट गर्न सुझाव दिए ।
त्रिभुवन विश्वविद्यालयका आर्थिक उपनियन्त्रक रुपा श्रेष्ठले महालेखा परिक्षकको प्रतिबेदन अनुसार त्रिभुवन विश्वविद्यालयको १९ अर्व बढी बेरुजु फच्र्यौट गर्न बाँकी रहेको जानकारीे दिईन ।
उनले महालेखाले पटक–पटक बेरुजु न्यूनिकरण गर्न सुझाव दिएको कारणले पनि विश्वविद्यालयले यो वर्षलाई बेरुजु न्यूनिकरणको वर्षको रुपमा लिदै यस्ता कार्यक्रमको आयोजना गरिएको बताईन ।
दुईदिनसम्म सञ्चालन हुने सो गोष्ठिमा जुम्ला, बाँके, डोटी, डडेलधुरा, दाङ्ग, कैलाली, कञ्चनपुरका त्रिभुवन विश्वविद्यालय अन्तरगतका विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, लेखा प्रमुख तथा प्रशासन प्रमुख लगायतको सहभागिता रहेका छन् ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश रेग्मी, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय नेपालगन्जका सह परीक्षा नियन्त्रक तीर्थराज न्यौपाने लगायतले सम्बोधन गरेको कार्यक्रमको सहजिकरण सुशीला थापाले गरेकी थिईन ।

Next Post

आर्टअफ लिभिङको शाखा नेपालगञ्जमा

३ चैत्र २०७५, आईतवार ०७:०३
सदरलाइनडटकम, नेपालगञ्ज : आर्टअफ लिभिङले नेपालगञ्जमा पनि शाखा खोलेको छ । आर्टअफ लिभिङको काठमाडौंमा रहेको नेपालस्थित कार्यालय (एपेक्स बडी)ले नेपालगञ्जका सञ्जय थापालाई जिल्ला संयोजन समिति (डीसीसी) संयोजकको जिम्मेवारी दिएको हो । समितिमा अन्य चार सदस्य छन् । श्रीश्री रवि शंकर संस्थापक रहेको आर्टअफ लिभिङको भारतको बेंग्लोरमा मुख्यालय छ । आर्टअफ […]