जीवित शिशुलाई मृत घोषित गर्ने अस्पतालद्वारा स्पष्टीकरण

२७ भाद्र २०७६, शुक्रबार १८:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले मृत घोषणा गरेको नवजात शिशु सदगति गर्ने क्रममा जिवितै पाइएपछि अस्पताल प्रशासनले स्पष्टीकरण दिएको छ । नेपालगञ्जको शमशान घाटमा सदगतिका लागि लैजाँदै गर्दा शिशुको शरीरले हरकत गरेपछि पुनः अस्पताल पुर्याएर उपचार शुरु गरिएको शिशुको बारेमा भेरी अस्पतालले बिज्ञप्ति निकालेर स्पष्टीकरण दिएको हो ।
नेपालगञ्जमा भेन्टिलेटर नपाइएपछि शिशुको ज्यान जोगाउन अस्पतालले हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जाजरकोटको छेडागाड नगरपालिका ९ का कमला अधिकारी आफ्नो पति मिलन अधिकारीसँगै शुक्रवार विहान साढे ५ बजे अस्पतालमा भर्ना भएकी थिइन् । भर्ना भएलगत्तै उनले शिशु (छोरी)लाई जन्म दिइन् । लगत्तै स्वास्थ्यकर्मीहरुले बच्चाको मृत्यु भएको जानकारी गराएको नवजात शिशुका पिता मिलनले बताए ।
शमशान घाट लिएर गएका बुवा मिलनले सदगतिका लागि खाल्डो खनेर गाड्ने क्रममा बालक रोएको सुनेर पुनः अस्पताल ल्याएको बताए । भेरी अस्पतालका निमित्त प्रमुख डा. बद्री चापागाईले २२ हप्ता पहिले जन्मिएका र ५०० ग्राम तौल भएका बच्चालाई जोगाउन विकसित मुलुकमा समेत सम्भव नहुने भन्दै यसलाई गर्भपतन भनिने गरिएको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
शारीरिक अवस्था एकदम कमजोर भएका कारण पुर्वानुमान गर्न गाह्रो हुने भन्दै अस्पतालले यो आफुहरुका लागि पाठ भएको जनाएको छ । आगामी दिनमा यस प्रकारका असावधानी हुन नदिने अस्पतालले प्रतिवद्धता जनाएको छ ।


Next Post

स्वास्थ्य केन्द्रको मन्त्री राईद्वारा उद्घाटन

२७ भाद्र २०७६, शुक्रबार १८:४८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने बताएका छन् । बाँकेको नरैनापुरमा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको शुक्रवार उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्षभित्र हुलाकी शहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ […]