धुमधामका साथ मनाईयो ‘मोहम्मद डे’

२४ कार्तिक २०७६, आईतवार १८:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’ बाँकेको नेपालगन्जमा धुमधामका साथ सम्पन्न भएको छ ।
ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आइतबार १२ तारीखको दिन मोहम्मदी जुलूस निकाल्ने मुस्लिम समुदायको चलन रहे अनुसार आइतबार बिहानैदेखि नेपालगञ्जमा मोहम्मदी जुलूसले नगरका विभिन्न भागहरुमा परिक्रमा गरेको थियो ।
नेपालगञ्जमा गल्ली र सडकहरु सजाई मदीना नामको झण्डा लगाइएको छ । नेपालगञ्जका मुस्लिम समुदायका मुसलमानहरुले आ–आफ्नो घरमा मदिनाको फोटो र सरकारकी आमद मरहबा लेखिएको झण्डा लगाईएको छ । सो अवसरमा धार्मिक प्रवचन गर्नुका साथै घर, टोल र मस्जिदलाई सजाउदै धुमधामका साथ मनाईएको छ ।
सो पर्वको अवसरमा गौसीया मस्जिद, जामा मस्जिदलगायत सबै मस्जिदहरुमा मिलाद फातीहा गराउने र घर–घरमा मिठो खाने कुराहरुमा फातिहा दिने चलन रहेको मुस्लिम अगुवा रहमान मियाँले जानकारी दिए ।
उनले केन्द्र, प्रदेश तथा स्थानीय सरकारले आफ्नो पर्वमा विदा नदिएकोमा दुख प्रकट गर्दै सरकारले मुस्लिम समुदायप्रति बिभेद गरेको आरोप लगाए ।

Next Post

‘मोहम्मद डे’मा बिदा नदिएको भन्दै मुस्लिम समुदाय आक्रोशित

२४ कार्तिक २०७६, आईतवार १८:०८
सदरलाइनडटकम, नेपालगञ्ज : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’को अवसरमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले बिदा घोषणा नगरी समुदाय प्रति बिभेद गरेको यहाँका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् । नेपाल हज कमिटीका सदस्य मेराज हिमालयले समुदायको महत्वपूर्ण पर्वहरुमा बिदा नदिई आफुहरुप प्रति बिभेद […]