९ औ डाफे कप फूटबल प्रतियोगिता माघ १५ देखि हुने

सदरलाइन संवाददाता १० माघ २०८०, बुधबार १३:३३
 

नेपालगञ्ज : बाँकेको खजुरा ४ डि गाउँ मिनी रंगशालामा ९ औ डाफे कप फूटबल प्रतियोगिता यहि माघ १५ गतेदेखि सञ्चालन हुने भएको छ । न्यु डाफे स्पोर्ट्स क्लबको आयोजनामा नक आउट फूटबल प्रतियोगिता हुन लागेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका पुर्व अध्यक्ष प्रतियोगिता आयोजक समितिका संयोजक तिलकबिर सुनारले प्रतियोगितामा प्रथमलाई एकलाख ५५ हजार ५५५ र द्वितीयलाई ८५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिए । उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५०० रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।


प्रथम पुरस्कर खजुरा ४ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत सहयोग गर्ने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष टेकबहादुर रोका लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘प्रादेशिक औद्योगिक एवम् पर्यटन महोत्सव’ शुरु

१० माघ २०८०, बुधबार १३:३३
नेपालगञ्ज : ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८०’ बुधवारदेखि शुरु भएको छ । बैजनाथ गाउँपालिका–५ स्थित ‘कोहलपुर न्यू सिटी’ भित्र उक्त महोत्सव सञ्चालन गरिएको छ । महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथ […]