श्री राम मन्दिरको प्राण प्रतिष्ठामा डुडुवामा बिदा

सदरलाइन संवाददाता ८ माघ २०८०, सोमबार १३:४९
 

नेपालगञ्ज : भारतको अयोध्यामा श्री राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा हुने प्राण प्रतिष्ठाको अवसरमा गाउँपालिकाले बिदा दिएको हो ।


मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा गाउँपालिका भित्रका भक्त श्रद्धालुहरुले विभिन्न धार्मिक कार्यक्रमहरु गर्ने भएकाले गाउँपालिका कार्यालय र मातहतका सबै निकायहरुमा सार्वजनिक विदा दिइएको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । गाउँपलिका अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले संयुक्त रुपमा सूचना निकालेर सार्वजनिक विदा दिएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार मदिरा विक्रि, वितरण गर्न नपाइने

८ माघ २०८०, सोमबार १३:४९
नेपालगञ्ज : बाँकेमा सोमवार मदिरा विक्रि, वितरण बन्द गरिएको छ । भारतको अयोध्यामा सोमवार श्रीराम मन्दिरको प्राण प्रतिष्ठा गरिने भएकोले उक्त दिन मदिरा विक्रि, वितरण नगर्न मदिरा ब्यवसायी संघ, बाँके र होटल ब्यवसायी संघ नेपालगन्जले आग्रह गरेको छ । मदिरा ब्यवसायी संघका अध्यक्ष मिमबहादुर सिंह ठकुरी र होटल ब्यवसायी संघका […]