जानकीका बालबालिकालाई झोला प्रदान

१ असार २०७६, आईतवार १५:३०
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत आज २ सय १५ जना विद्यार्थीलाई झोला वितरण गरिएको छ । जानकी गाउँपालिका वडा नं. १ साईगाउँस्थित आधारभूत विद्यालय शिवपुरी ७५, नेरा प्रावि बढैया ४१, नेराप्रावि पचपोखरा २४, कुवा मस्जिद मदरसा २६, मदरसा मसउदिया हावीउलरजा ३१ र मदरसा दारुल उलुम जिन्वातुलका १८ जना गरी २ सय १५ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल, वडाध्यक्ष माहम्मद रजा राई र शिक्षा समितिका संयोजक टिकाराम सुनारले विद्यार्थीहरुलाई झोला वितरण गरेका थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष यादवले बालबालिकालाई विद्यालयमा अध्ययन गर्न आउन सजिलो बनाउनको लागि झोला वितरण गरिएको बताए ।
जानकी गाउँपालिका भित्रका छ वटै वडामा कक्षा १ मा यो वर्ष नयाँ भर्ना भएका १ हजार ७ सय ३३ विद्यार्थीलाई झोला बाँड्ने कार्यक्रम रहेको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका जिल्ला सहजकर्ता केशव चालिसेले जानकारी दिए ।

Next Post

१६ वर्षमै विवाह गर्न पाउने माग गर्दै धर्ना

१ असार २०७६, आईतवार १५:३०
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँकेमा वाल बिबाहबिरुद्ध सरकारी तथा गैर सरकारी संस्थाले सचेतनामूलक अभियान थाली रहँदा कानून बिपरित वाल बिबाह गर्न पाउनुपर्ने माग गर्दै बाँकेका मधेशी समुदायका केही महिला आन्दोलनमा उत्रिएका छन् । उनीहरुको यो मागले बालबिबाहबिरुद्ध सचेतनामा गरेको लगानी बालुवामा पानी सावित हुनुको साथै अभियानमा चुनौती थपिएको छ । उनीहरुले […]

ताजा अपडेट