खजुराका सुमन मल्ल ‘युथ आइकन’ र बृद्धबृद्धाको भरोसा

सदरलाइन संवाददाता २३ बैशाख २०७९, शुक्रबार २०:००
 

खजुरा (बाँके) :  नेकपा एमालेको तर्फबाट बाँकेको खजुरा गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल युवाका लागि युथ आइकन मात्र नभई बृद्धबृद्धाको भरोसा बनेका छन् । वडा अध्यक्ष भएर मल्लले आफुलाई सफल प्रमाणित गरिसके ।

२०६२ सालदेखि नेकपा एमालेको युवा संगठन युवा संघ र युथफोर्समा सक्रिय मल्ल ५ वर्ष अघि भएको स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नम्बर १ बाट वडा अध्यक्षमा विजयी भएका थिए ।


खसेको मतको ५० प्रतिशत भन्दा बढि मत प्राप्त गरेका मल्लले ५ वर्षमा वडामा गरेको काम, सरल तथा नम्र शैली र कम बोल्ने तथा भनेको कुरा पु¥याउने शैलीले ५ वर्षपछि खजुरा गाउपालिकाको नेतृत्व हाक्ने ठाउसम्म ल्याई पु¥याएको छ । विकास हेर्न खजुरा १ नम्बर वडामा जाउ भन्ने थेगो बन्ने गरी मल्लले काम गरेका छन् ।

मल्लले राधापुरमा गरेको काम यतिबेला खजुरामा सर्बाधिक चर्चाको रुपमा रहेको छ । सुमन मल्ललाई नचिन्नेहरु राधापुरको विकास गर्नेले समग्र खजुराको कायापलट गर्न सक्छ भन्ने बिश्वास सहित मल्लको समर्थनमा उत्रिएका छन् । अधिकाश जनप्रतिनिधीहरुमा आम जनताको सकारात्मक टिप्पणी नहुदा मल्ल भने निर्विकल्प विकासप्रेमी नेताको रुपमा छोटो समयमै परिचित भएका छन् । सडक निर्माण र अन्य भौतिक पूर्वाधार मात्रै नभएर राधापुरमा सोलारबाट विद्युत उत्पादनको काम पनि हुँदैछ ।

मल्लले कोभिडको समयमा राधापुरमा चिकित्सक सहितको आईसोलेसन सञ्चालन गरेका थिए भने एम्बुलेन्स सेवा सञ्चालन गरे । गाउका विपन्न समुदायका बालबालिकालाई माध्यामिक तथा उच्च शिक्षाका लागि नियमित सहयोग गर्दै आएका छन् । गाउमा विरामी पर्दा होस वा अन्य कुनै सहयोग गर्नुपर्दा मल्ल सधै अगाडी देखिनुहुन्छ । उनले एमालेबाट निर्वाचित जन प्रतिनिधी भएपनि अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत उत्तिकै बिश्वास गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जलाई हरियाली र सरसफाई युक्त नगर बनाईने छ :  नन्दलाल वैश्य

२३ बैशाख २०७९, शुक्रबार २०:००
नेपालगञ्ज :  राप्रपाका तर्फबाट मेयरका प्रत्यासी रहेका नन्दलाल बैश्यले नेपालगञ्ज भित्र हरियाली र सरसफाई कायम गर्ने उद्घोष गरेका छन् । उनले नगरको बाटो छेउछाउ र सरकारी जग्गा पहिचान गरि बृक्षरोपण गर्ने बताएका छन् । नगरको सुर्खेतरोडको सौन्दर्यकरणका लागि बाटोको विचभागमा फुुलहरुलाई स्यहारसुसार गर्ने र नयाँ अर्कार्षक फुलहरु रोपेर हरियालीमय बनाउने […]