मोटरसाइकल चोरीको आरोपमा ३ जना पक्राउ

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १५:५९
 

नेपालगञ्ज : बाँकेको कोहलपुरबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिकलाई बिहीवार विहान पौने तीन बजेतिर पक्राउ गरिएको कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

कोहलपुर नगरपालिका–११ स्थित बसपार्कको पूर्वतर्फको सडकबाट चोरीको भे.३.प ६००४ नम्वरको डिस्कभर मोटरसाईकल सहित उनीहरु पक्राउ परेका हुन् । उक्त मोटरसाइकल चोरी भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खोजी गर्दै जानेक्रममा उनीहरु प्रहरीको फन्दामा परेको डिएसपी खनालको भनाइ छ ।


पक्राउ परेकाको साथबाट विभिन्न मोटरसाइकलका पाटपुर्जा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । केही दिनदेखि कोहलपुरमा मोटरसाइकल चोरीका घटना बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान सभासदस्य तथा सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणको कारण मृत्यु

३ भाद्र २०७८, बिहीबार १५:५९
काठमाण्डौ  : कोभिड–१९ संक्रमणका कारण संविधानसभा सदस्य तथा सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन भएको छ । राजधानी दैनिक पब्लिकेशनका संस्थापक अध्यक्षसमेत रहेका ६७ वर्षीय शेरचनको बुधवार साँझ बलम्बुस्थित एपीएफ हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यले जनाएका छन् । मिडिया सोसाइटीका पूर्वअध्यक्ष रहेका शेरचन हाल मिडिया अलाइन्सका उपाध्यक्ष र विज्ञापन […]