बाँकेमा तीन जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ६ भाद्र २०७९, सोमबार १४:५५
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३२० पुगेको छ । यस्तै सोमवार थप ६ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९९६ पुगेको छ ।


अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना रहेको वलीले बताए । एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५० जना होमआइसमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा पूर्वाधार निर्माणका लागि एक अर्ब बढी बजेट स्वीकृत

६ भाद्र २०७९, सोमबार १४:५५
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको नयाँ पूर्वाधार निर्माणका लागि सरकारले एक अर्ब २५ करोड बजेट स्वीकृत गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल नेतृत्वको कार्यसमिति र तत्कालिन मेसु डा.प्रकाशबहादुर थापाको अथक प्रयासकाबीच अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले उक्त बजेट स्वीकृत सम्भव भएको हो । अस्पतालको पुरानो जीर्ण भवन […]