चक्कु प्रहारबाट एक युवकको हत्या

सदरलाइन संवाददाता २४ कार्तिक २०७८, बुधबार १३:०७
 

धनगढी : चक्कु प्रहारबाट कैलालीमा एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मंगलबार राति ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । दुई समूहबीच झडप हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहार अवधिमा लुम्बिनी प्रदेशमा १२ जनाको मृत्यु

२४ कार्तिक २०७८, बुधबार १३:०७
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा तिहार अवधिमा मात्र सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिहार अवधि कार्तिक १५ देखि २१ गतेसम्म ४४ वटा सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । सोही अवधिमा सवारी दुर्घटनामा परी ३७ जना गम्भीर […]