शनिवारदेखि नेपालगञ्ज ‘हर्न’मुक्त बन्दै

३० कार्तिक २०७५, शुक्रबार १६:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जलाई ध्वनिप्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार शनिवारदेखि नेपालगञ्जभित्र ‘हर्न’ बजाउन निषेध गर्न लागिएको छ । सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाउन थालिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा नेपालगञ्ज उपमहानगरपालिका भित्र हर्न निषेधित गर्न अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । नेपालगञ्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न मंसिर महिनाभरी सरोकारवाला र संघ संस्थाहरुको समन्वयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
नेपालगञ्ज प्रवेश गर्ने नाकाहरुमा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकायसँग छलफल गरिने र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने प्रहरी निरीक्षक रोकायाले जानकारी दिए ।
शुरुको एक महिनासम्म सबै सवारी साधनका चालकहरुलाई सम्झाउने र त्यसपछि अटेर गरे सवारी ऐन अनुसार कारबाही गरिने रोकायले बताए । बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्याधिक ध्वनिप्रदूषण भएपछि नगरमा हर्न निषेधित गर्न लागिएको रोकायाले बताए ।


Next Post

दङीशरणमा समुदाय प्रहरी पालिका समिति गठन

३० कार्तिक २०७५, शुक्रबार १६:३८
सदरलाइनडटकम, दाङ : समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रवार दाङको दङीशरण गाँउपालिकामा समुदाय प्रहरी पालिका समिति गठन गरिएको छ । समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मकरुपले अगाडि बढाउने उद्देश्यले समुह गठन गरिएको हो । गाउँपालिका अध्यक्ष भागिराम चौधरीको सयोंजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको छ । सहसयोंजकमा उपाध्यक्ष पिमाकुमारी खड्का रहेकी छन् […]

सम्बन्धित