बैजनाथमा ब्यापार एवं पर्यटन महोत्सवको तयारी

सदरलाइन संवाददाता २ माघ २०८०, मंगलवार १५:१३
 

नेपालगञ्ज : ‘प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु, घरेलु, कृषि तथा प्रविधि’ सम्बन्धी प्रर्दशनी, ब्यापार एवं पर्यटन महोत्सव हुने भएको छ ।

घरेलु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समिति र महिला उद्यमी समिति बैजनाथको आयोजनामा यही माघ १० गतेदेखि २१ गतेसम्म महोत्सव हुन लागेको हो । बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित कोहलपुर न्यु सिटीमा महोत्सव गर्न लागिएको घरेलु तथा साना उद्योग महासंघ बैजनाथका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।


उक्त महोत्सवका लागि बैजनाथ गाउँपालिकाको संरक्षण, वडा नम्बर ५ कार्यालयको सह–आयोजना, स्मार्ट न्यु सिटी बैजनाथ ५ कोहलपुरको सहप्रायोजन तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. बुटवलको व्यवस्थापनमा महोत्सव हुने उनले बताए ।

महोत्सवमा चर्चित कलाकारले प्रस्तुती देखाउने महासंघ बैजनाथका महासचिव कमल सुवेदीले बताए । महोत्सवमा प्रस्तुती देखाउने कलाकारको नाम सार्वजनिक गरिएको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु

२ माघ २०८०, मंगलवार १५:१३
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरसिंह थारूको रहेका छन् । भे ७ प २८९८ नम्बरको मोटरसाइकल राप्तीसोनारी– ५, चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएको थियो । भरत बादीले चलाएको मोटरसाइकलको पछाडी थारू बसेका थिए । दुर्घटनामा गम्भीर […]

सम्बन्धित