मोटरसाइकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २ माघ २०८०, मंगलवार १५:२३
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरसिंह थारूको रहेका छन् ।

भे ७ प २८९८ नम्बरको मोटरसाइकल राप्तीसोनारी– ५, चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएको थियो ।


भरत बादीले चलाएको मोटरसाइकलको पछाडी थारू बसेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो ।

उपचारको क्रममा बिहान ४ः३० बजे मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथ दोश्रो उपप्रमुख कपको तयारी पुरा

२ माघ २०८०, मंगलवार १५:२३
नेपालगञ्ज : बैजनाथ गाउँपालिका स्तरीय खेलकुद बिकास समितिको आयोजनामा हुने दोश्रो उप प्रमुख कप तथा जिल्ला स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । उक्त खेलकुद प्रतियोगितामा बैजनाथका निजि र सामुदायिक ४२ विद्यालयहरु बाट १ हजार ५ सय विद्यार्थी सहभागी हुने खेलकुद बिकास समिति सदस्य नवराज रावलले […]