बाँकेमा करीब ४ लाखको अवैध सामान बरामद

सदरलाइन संवाददाता २१ आश्विन २०७८, बिहीबार १४:३१
 

नेपालगञ्ज : भन्सार छली गरेर ल्याइँदै गरिएका ठूलो परिमाणमा अवैध सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र जमुनाहा बिओपीबाट खटिएको टोलीले बुधवार राती भारतबाट नेपालगन्ज ल्याउँदै गरिएको लाखौं रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राधेश्याम चौधरीको कमाण्डमा गएको टोलीले नेपालगञ्ज १५ पिप्रहवा र जमुनाहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र शाही ठकुरीको कमाण्डमा गएको टोलीले नेपालगञ्ज १६ जयसपुर नाकाबाट भन्सार छली गरेर ल्याइँदै गरिएका अवैध सामग्री बरामद गरेको जमुनाहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले बताए ।


बिओपी प्रमुख बुढाका अनुसार नायब निरीक्षक ठकुरीको कमाण्डको टोलीले लत्ताकपडा, छुर्पी, हरियो तरकारी, किराना सामान र सुपारीसहितका अवैध सामग्री बरामद गरेको छ । अवैध सामग्री ओसारपसारमा प्रयोग भएको युपी ४० एम ८२७३ नम्बर प्लेटको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रमुख बुढाले बताए ।

सशस्त्र प्रहरी गण र बिओपी जमुनाहा बिओपीले बरामद गरिएका सबै ३ लाख ६० हजार ७७० रुपैयाँ बराबरका अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि बिहिवार नेपालगञ्ज भन्सार कार्यालय बुझाएको बिओपी प्रमुख बुढाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडा दशैं शुरु, ठाउँठाउँमा दुर्गामूर्ति स्थापना गरिँदै

२१ आश्विन २०७८, बिहीबार १४:३१
नेपालगञ्ज : नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन बिहीबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी […]