बाँकेसहित देशभर माघे संक्रान्ति मनाईंदै

सदरलाइन संवाददाता १ माघ २०८०, सोमबार १४:१०
 

नेपालगञ्ज : माघे संक्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरेर मनाइँदैछ ।

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइन्छ । माघे संक्रान्तिका दिन दाङको रिहार, बाह्रकुने दह, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ ।

ती ठाउँमा विशेष मेलासमेत लागेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।


धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे संक्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार पनि खाने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारू समुदायमा माघीको रौनक

१ माघ २०८०, सोमबार १४:१०
नेपालगञ्ज : थारू समुदायले सोमबार माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । उनीहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा समेत मनाउने गर्छन् । अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो । जसका कारण माघीलाई नयाँ […]

सम्बन्धित