बाँकेमा बिहीवार २ संक्रमित थपिए

सदरलाइन संवाददाता ९ भाद्र २०७९, बिहीबार १३:३२
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् भने १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३३० पुगेको छ ।


यस्तै बिहीवार थप ३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९२४ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५३ जना रहेको वलीले बताए ।

एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५२ जना होमआइसमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नरैनापुरमा बैकल्पिक बाली लगाउन सुझाव

९ भाद्र २०७९, बिहीबार १३:३२
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाई नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । विज्ञसहितको सल्लाहमा किसानका लागि मुख्य गरी कोशेबाली लगाउन भनिएको गाउँपालिकाले जनाएको छ । नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ । रोपिएको धान पनि […]

सम्बन्धित