दाङमा थपिए ३ सय बढी कोरोना संक्रमित, ८१ जना निको

सदरलाइन संवाददाता ३० बैशाख २०७८, बिहीबार १७:१७
 

दाङ : दाङमा आज ३ सय बढी कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र जिल्ला बाहिर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी तुलसीपुरका १५४ जना रहेका छन् । त्यसपछि घोराहीका १४८, लमही र दंगिशरणका ८/८ जना, शान्तिनगराक ५ जना रहेका छन् ।

त्यसैगरी बबई गाउँपालिकाका ४, राप्ती गाउँपालिकाका ३, गढवाका २, राजपुर र बंगलाचुलीका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ ।


यससँगै दाङमा बैशाखयतामात्रै ४ हजार ३७८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै जिल्लामा आज थप ८१ जना संक्रमणमुक्त भएका छन् । योसँगै बैशाख महिनामा मात्रै जिल्लामा १ हजार ७१२ जना निको निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा हावाहुरीका कारण एक जनाको मृत्यु

३० बैशाख २०७८, बिहीबार १७:१७
धनगढी : कैलालीमा बुधबार साँझ आएको हावाहुरी र बर्षाका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको टिकापुर १ एकतानगरमा हावाहुरीका कारण घरमाथी रुख ढल्दा ४० बर्षिय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ । बुधबार राती करीब साढे ८ बजे कच्ची घरमाथि ढलेको रुखले च्यापिएर कामीको […]

सम्बन्धित