बैजनाथ गाउँपालिकाको १४औं गाउँसभा शुरू

सदरलाइन संवाददाता २९ पुष २०८०, आईतवार १८:०२
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकामा १४औं गाउँसभा सुरू भएको छ । आइतवार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा सुरू भएको गाउँसभामा राप्ती सोनारीलगाँउपालिका अध्यक्ष तप्त पौडेलले विशेष सम्बोधन गरेका थिए ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले गाउँ सभामा अधिवेशनको शुभकामना मन्तव्य राखेकी थिइन् । राप्ती सोनारीगाउँपालिका अध्यक्ष तप्त पौडेलले विशेष सम्बोधन गर्दै कृषि, स्वास्थ्य, यातायात, पर्यापर्यटकिय क्षेत्रमा जोड्नुपर्ने बताए ।

यस्तै सार्वजनिक महत्वका विषयमा बोल्ने काममा वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश थारू, वडा नम्बर २ का वडा अध्यक्ष राजु रूचालले ले विषयगत शाखाका निर्णयहरू कार्यापालिकाबाट पास गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए ।


विधान समिति संयोजक कृष्णा सुनारले बाहरिबाट आउँदा वा जाँदा वडा कार्यालयबाट सिफारिस हुनुपर्ने बताउँदै वडा कार्यालयबाट जाने ठाउँ र आउने ठाँउमा वडा कार्यालयमा निवेदन दिई प्रक्रिया अगाडि बढाउनु पर्ने व्यवसाय ऐनमा संशोधन गरी पास गरेको बताइन् ।

सो प्रस्ताव माथि आफ्नो भनाई राख्दै बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले व्यवसाय प्रबद्र्धन गर्न व्यवसाय दर्ता ऐन २०७९ लाई संशोधन गरी व्यवसाय ऐन २०८० मा दफा ७ र ३ मा शंसोधन गरी पास गरेको बताए ।

सामाजिक विकास समिति संयोजक भुमिसरा रानाले विषयगत समितिहरूको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । गाउँसभा पुनः माघ ५ गते चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसहित देशभर माघे संक्रान्ति मनाईंदै

२९ पुष २०८०, आईतवार १८:०२
नेपालगञ्ज : माघे संक्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरेर मनाइँदैछ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइन्छ । माघे संक्रान्तिका दिन दाङको रिहार, बाह्रकुने दह, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा […]