कोरोना संक्रमणबाट बाँकेका एक जनाको मृत्यु

सदरलाइन संवाददाता १८ पुष २०७७, शनिबार ०९:०८
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको खजुरा वडा नं. ७ का ८८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ३० गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।


रोगको प्रकृतिअनुसार औषधोपचार गर्दासमेत स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको शनिवार विहान मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँकेमा ४६ जनाको मृत्यु भइसकेको छ ।

Next Post

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

१८ पुष २०७७, शनिबार ०९:०८
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्कला थापाको मृत्यु भएको हो । शुक्रवार नेपालगञ्जबाट २२ वर्षीय छोरा सन्तोष थापासँगै घर फर्किदै गरेकी महिलालाई पाटे बाघले आक्रमण गरेको थियो । शुक्रवार […]

सम्बन्धित