कोहलपुर नगरद्वारा बजारको अनुगमन

२७ श्रावण २०७६, सोमबार १६:४९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले नगरको अनुगमन गरी म्याद नाघेका सामानहरु नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको जय श्री लक्ष्मी स्टोरबाट करीब १ लाख मूल्य पर्ने म्याद नाघेका सामानहरु नियन्त्रणमा लिएको हो ।
टोलीका संयोजक धनबहादुर खत्रीका अनुसार अनुगमनका क्रममा जय श्री लक्ष्मी स्टोरबाट तेल, चाउचाउ, बिस्कुट, जुस, चिउरा, कोलकेट, आटा, ललिपप, चिजबल, स्वायबिन, चिप्सलगायतका सामानहरु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
म्याद नाघेको सामानहरु प्रयोग गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले अनुगमनका क्रममा म्याद नाघेका सामानहरुलाई नियन्त्रणमा लिई नष्ट गरिएको उपभोक्ता हित संरक्षण बाँकेका सचिव प्रभातकुमार ठकुरीले बताए ।
इलाका प्रशासन कार्यालयका तुल्सीराम चापागाई, इलाका प्रहरि कार्यालयका प्रतिनिधि कृष्ण खड्का, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका सचिव प्रभात कुमार ठकुरी, उद्योग वाणिज्य संघ कोहलपुर बाँकेकी सदस्य सीता कार्की, कोहलपुर नगरपालिकाका प्रतिनिधि ईन्द्रमणि ढकाल र नगर प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ ।

Next Post

युवा दिवसमा तीनजना सम्मानित

२७ श्रावण २०७६, सोमबार १६:४९
सदरलाइनडटकम, कोहलपुर (बाँके) : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कोहलपुरका ३ युवा सम्मानित भएका छन । नगरस्तरीय युवा संजाल कोहलपुरले कोहलपुर क्षेत्रका ३ जना अब्बल युवालाई सम्मान गरेको हो । पश्चिम नेपालकै सफल होटल ब्यवसायी देवानन्द अर्याल, साहित्यकार सुमित्रा न्यौपाने र सफल उद्यमी मधु खड्कालाई सम्मान गरिएको नगरस्तरीय युवा संजाल कोहलपुरका […]