प्लानको जाजरकोट भुकम्प पीडित लक्षित मानविय सहायताका लागि स्थानीय सरकारलाई साथ

सदरलाइन संवाददाता २५ पुष २०८०, बुधबार १८:२०
 

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र (स्याक) नेपाल, सुर्खेतले जाजरकोट भुकम्प प्रभावितहरुको लागि एकद्वार प्रणाली अन्तरगत विभिन्न स्थानमा अस्थायी आवास, शौचालय निर्माण, अस्थायी सिकाई केन्द्रहरुदेखि विभिन्न खाद्य एवम् गैह्र खाद्य सामाग्रीहरु जस्ता मानविय कार्यमा जुटेको छ ।

यसैकार्यका लागि प्लानले स्याक नेपाल सुर्खेतसंगको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ मैदेचौरमा ५३ घरपरिवारका लागि सरसफाइका सामाग्री र नलगाड नगरपालिका वडा नं. ३, कैनामा गर्भवती र सुत्केरी महिलाहरुका लागि डिग्नीटी किट वितरण गरेको छ ।

दुवै वडाहरुमा सो सामाग्रीहरु वितरणको कार्यका लागि प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिसनको प्रमुख आतिथ्यता एवम् सम्वन्धित वडाका जनप्रतिनिधिको अध्यक्षतामा बितरण कार्य भएको थियो । सो अवसरमा प्लान ईन्टरनेशनलका कन्ट्री डाइरेक्टर रामकिसनले भुकम्प प्रभावित परिवारका लागि साहानुभूती व्यक्त गर्नुका साथै सहयोग गरिएको सामाग्रीको उचित प्रयोग गरी सुरक्षित वातावरणमा वस्न आग्रह गरे ।

त्यसैगरी प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरको टिमले जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भेरी नगरपालिका र नलगाड नगरपालिका जाजरकोटमा समन्वयात्मक भेटघाट सम्पन्न गरेको थियो ।

जिल्ला प्रशासासन कार्यालय जाजारकोटका निमित प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सहयोगी निकायहरुलाई समन्वयात्मक रुपमा काम गर्न आफूहरु तयार रहेको र आगामी दिनमा समेत समन्वय र साझेदारीमा अघि वढेर पुनःस्थापनमा हातेमालो गरेर जाने बताएका छन् ।


त्यसै गरी भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तिले स्वास्थ्य, शिक्षा, जिवीकोपार्जन र सरसफाई केन्द्रीत कार्यक्रमहरुको आवश्यकता वढ्दै गएकाले आगामी दिनमा त्यतातिरको योजना सहितको कार्यक्रम सञ्चालनका लागि सुझाव दिएका छन् ।

विभिन्न तह माभएका समन्वयात्मक भेटमा कन्ट्री डाइरेक्टर रामकिसनले स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा कार्यक्रम सञ्चालनको पहल गर्न सकिने सम्भावना व्यक्त गरेका थिए । सो भेटघाट कार्यक्रममा प्लान नेपालका क्षेत्रीय व्यवस्थापक मिना पराजुली सहितको टिम र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य सहितको सहभागिता रहेको थियो ।

यसै वीचप्लान इन्टरनेशनल नेपालका क्षेत्रीय व्यवस्थापक पराजुलीले प्लाान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर सहितको टिमले जाजरकोट र आठविसकोट रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रको वास्तविक अवस्था जानकारी भएको र आगामी दिनमा थप कार्यक्रमको योजना तयार गर्नमा सहयोग पुग्ने जानकारी दिईन ।

कार्यक्रम सञ्चालन गरिरहेको साझेदार संस्था स्याक नेपालका जाजरकोट परियोजना कार्यालयका परियोजना संयोजक रेशम चन्दले भुकम्प प्रभावितका लागि बहुक्षेत्रीय प्रतिकार्य कार्यक्रम हाल जाजारकोट जिल्लाको भेरी र नलगाड एवम् रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा सञ्चालन भइरहेको र उक्त कार्यक्रमवाट १५० घरधुरीका लागि अस्थायी आवास र शौचालय निर्माण, ६ वटा अस्थायी सिकाइ केन्द्र निर्माण, ९ वटा खानेपानी योजनाको मर्मत सम्भार, १९० भत्केका घरको सफाई जस्ता क्रियाकलापहरु कामको लागि नगद अवधारणामा र सरसफाई सामाग्री, डिग्निटी किट, भान्सा सामाग्रीलगायत न्यानो कपडा सहयोग कार्यक्रम संरक्षणका दृष्टिकोणले सञ्चालन गरिरहेको जानकारी दिए ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा नेपाल–भारत र बंगलादेशका पत्रकारलाई अन्तराष्ट्रिय सम्मान

२५ पुष २०८०, बुधबार १८:२०
भारत, (वैशाली) : भारतको बिहार राज्यको वैशाली शहर स्थापनाको स्वर्णजयन्ती समारोहमा नेपाल, भारत र बंगलादेशका पत्रकारहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई पत्रकारिताको माध्यामबाट समाजमा लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा खेलेको भूमिकाको मुल्याङ्कन गरी सम्मान गरिएको हो । वैशाली जिल्ला प्रतिष्ठानले सार्क पत्रकार मञ्च, बिहार, इन्डिया च्याप्टरको संयुक्त आयोजनामा मानवअधिकार टुडे र […]

सम्बन्धित