योग समिति नेपालले मनायो पाँचौ स्थापना दिवस

सदरलाइन संवाददाता १० जेष्ठ २०८०, बुधबार १३:२६
 

नेपालगञ्ज : योग समिति नेपालले बुधवार आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । योग समिति नेपाल केन्द्रिय कार्यालय नेपालगञ्ज बाँकेले बुधवार विहान नेपालगञ्ज उपमहानगरपालिका कार्यालय परिसरमा पाँचौ स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मानव जीवनलाई स्वस्थ, सन्तुलित, तन्दुरुस्त र सुन्दर बनाउन योग अपरिहार्य रहेको बताए । नियमित योगले मात्र मानव जीवन स्वस्थ रहन सक्ने भन्दै उनले आफ्नो दैनिक जीवनको केही समय योगका लागि छुट्ट्याएर स्वस्थ जीवनशैलीका लागि प्रतिबद्ध रहन आग्रह गरे ।


योग गुरु गिरिराज भट्टराईले नियमित योग विनाको जीवनशैली अब कल्पना पनि गर्न नसकिने बताए । भट्टराईले नेपालगञ्जका विभिन्न स्थानमा नियमित योग गराउँदै आएका छन् । योग समिति नेपालले नेपालगञ्जमा योग संस्कृतिको विकास गरेको छ । योग गर्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

१० जेष्ठ २०८०, बुधबार १३:२६
नेपालगञ्ज : बाँकेमा राप्ती नदीमा डुबेर दुई जना युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती नदीको सिधानियाघाटमा वनभोज खान गएका कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीले जानकारी दिएको छ […]