बर्दियामा गोरुले हान्दा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता २६ श्रावण २०८०, शुक्रबार १४:०४
 

बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका—४ बरपट्टामा गोरुले हिर्काउँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

स्थानीय राम गोपाल थारुले चराउँदै गरेको गोरुले हान्दा स्थानीय ६४ वर्षीया बुधनी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।


गोरुले हान्दा उनको छाती र पेटमा गम्भीर चोटले मृत्यु भएको उनले जनाए । घटनाका सम्बन्धनमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्योग बाणिज्य संघको चुनावी सरगर्मी बढ्दै

२६ श्रावण २०८०, शुक्रबार १४:०४
नेपालगञ्ज : आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा नेपालगञ्जमा चुनाव सरगर्मी बढेको छ । यति बेला चुनाबी मैदानमा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानल चुनावी प्रतिस्पर्दामा उत्रिएका छन । साझा प्रजातान्त्रिक प्यानलको नेतृत्व ललित कुमार रौनियारले गरेका छन् भने समावेशी प्यानलको नेतृत्व टंक बहादुर धामीले […]