देशैभरिका सामाजिक परिचालक कर्मचारीहरु पुर्नवाहलीको लागि आन्दोलन चर्काउदै

१८ पुष २०७४, मंगलवार १९:०२
 

सदरलाइनडटकम  
१८ पुस काठमाडौ : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको राज्यमन्त्री स्तरीय निर्णयले नेपालभर कार्यरत झण्डै ५ हजार सामाजिक परिचालक कर्मचारीहरुलाई विनाकारण निष्कासन गरेको भन्दै उनीहरुले आन्दोलन चर्काउने भएका छन् ।
जागिरमा पुर्नस्थापनाको लागि मंगलबार सञ्चारकेन्द्र नेपालमा एक पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरी उनीहरुले पुर्नस्थापनाको माग गर्दै खुला प्रतिश्पर्धामार्फत आफुहरु नियुक्त भएर विगत ८ वर्षदेखि स्थानीयस्तरमा काम गरेकोमा हठात् बर्खास्त गरिएको भन्दै उनीहरुले पुर्नवहाली नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारको अन्यापूर्ण निर्णय विरुद्ध खुट्टा नकमाई संघर्ष गर्न सुझाव दिँदै आफ्नो ऐक्यवद्धता जनाएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने–‘सिंहदरबारका सिंहहरुले तपाईहरुलाई खाइसके पनि पचाइ नसकेकाले आफूँ बाँच्न संघर्ष गर्नुहोस् ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईंले परिचालकहरुलाई दह्रो संग संघर्ष गरि आफ्नो हकअधिकार प्राप्त गर्न सुझाव समेत दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शन्तराम विडारीले सामाजिक परिचालकहरुलाई सरकारको निर्णयले अन्याय पुगेको बताउँदै सञ्चारका क्षेत्रबाट सो आन्दोलनमा पुरापुर सहयोग हुने प्रतिवद्धता जनाए ।
नेपाल निजामति कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले आफूँ सँधै करार, अस्थायी र ज्यालादारी कर्मचारीहरुको पक्षमा लड्दै आएकाले परिचालक कर्मचारीहरुको पक्षमा समेत आफू र आफ्नो संगठन लड्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी प्रशासनिक पत्रकार मञ्चका अध्यक्ष सागर पण्डितले सरकारले संघीयताको अर्थ नबुझेको वा बुझ पचाएको हो भन्ने प्रश्न तेस्र्याउँदै संघीयतामा सरकारले जनताको घरदैलामा गएर सेवा दिनुपर्ने टिप्पणी गर्दै जनताको घरदैलोसम्म पुग्ने माध्यम नै परिचालक कर्मचारी भएकाले उनीहरुलाई हटाउन नहुने सुझाव दिए ।
पत्रकार सम्मेलनमा स्थानीय तह कर्मचारी युनियनका नेपाल, काठमाडौ महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहका सामाजिक परिचालकको रुपमा कार्यरत चार हजार सात सय श्रमिक कर्मचारीहरुलाई २०७४ पौष १७ गते सेवाबाट अवकास हुने मन्त्रालयको परिपत्र प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘स्थानीय नागरिकहरुलाई नजिकबाट सेवा ग्राह गर्ने स्थानीय तहमा कार्यरत सामाजिक परिचालकहरुले द्वन्द्वको समयमा नेपाल सरकारबाट कर्मचारी सेवास्थलमा गई कार्य गर्न नसक्ने अवस्थामा र चुनावको समयमा समेत आफ्नो जिम्मेवारीप्रति अटल, निर्धक्क र वफादारीपूर्वक काम गर्दै आएका परिचालकहरुलाई हटाएकोप्रति ध्यानाकर्षण गराउँदछौं ।’
त्यसैगरी वषौंसम्म जनताको सेवामा सपर्मित भई ज्ञान एवं अनुभव हाँसिल गरिसकेका परिचालक र निज आश्रित परिवारलाई राज्यले रोजगार विहिन र विचल्ली पार्न नहुने सुझाउँदै उनीहरुलाई तत्काल रोजगारीको व्यवस्था गरिनुपर्ने मागसमेत जारी विज्ञप्तिमार्फत गरिएको छ ।
संघका अध्यक्ष सारिका राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य सितामाया पौडेल अर्चनाले गर्नुभएको थियो भने स्वागत गर्दै विषयवस्तुमाथी प्रकाश सचिव बिनोद ढु«गेलले गर्नुभएको थियो ।
यसैबीच बुधबार आन्दोनरत सामाजिक परिचालकहरुले आधिकारिक टे«ड युनियनका अध्यक्षमार्फत स्थानीय विकास मन्त्रालयका उच्च अधिकारीहरुसँग यस विषयमा छलफल गर्ने जनाएका छन् ।

Next Post

नेपालगन्ज उप–महानगरपालिकाको वडामा अब अनलाइन सेवा

१८ पुष २०७४, मंगलवार १९:०२
सदरलाइनडटकम  १८ पुस, नेपालगन्ज : नेपालगन्ज उपमहानगर क्षेत्रमा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सहज र प्रभावकारी बनाइउनको लागि प्रविधि युक्त बनाईने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका हरेक वडामा अब अनलाईन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण सेवालाई व्यवस्थित गरिन लागिएको हो । उप–महानगरका २३ वटै वडाका […]