सदरलाइनडटकम,
नवलपरासी : नवलपरासीमा सोमवार राती एसिड र चक्कु प्रहारबाट एक युवती घाईते भएकी छन् । नवलपुरको कावासोती १६ वस्ने ३० बर्षीया बसन्ती परियार एसिड र चक्कु प्रहारबाट घाईते भएकी हुन् ।
राती ८ बजे बाटोमा हिड्दै गर्दा युवतीमाथि स्थानीय ३७ वर्षीय बिमल श्रीपालीले एसिड र चक्कु प्रहार गरि घाइते बनाएको नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।
बिहे गर्न नमानेपछि श्रीपालीले युवतिमाथि एसिड र चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीको भनाई छ । घाइते परियारको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको छ भने श्रीपालीलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।
