दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

सदरलाइन संवाददाता २८ बैशाख २०८०, बिहीबार १३:०३
 

नेपालगञ्ज : दैलेखको आठविस नगरपालिका –६ स्थित माल्या जङ्गलमा बुधवार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस –६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत विकको बुधवार राती मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।


भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी रहेको डा चापागाईँले बताए ।

दैलेखको आठविस –६ माल्या जङ्गलमा बुधवार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली नदीमा पुरुषको शव फेला

२८ बैशाख २०८०, बिहीबार १३:०३
बर्दिया : कर्णाली नदीको चिसपानी पुल नजिक एक पुरुषको शव फेला परेको छ । करिब ५० देखि ५५ वर्ष उमेरको पुरुषको शव बुधबार बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए । ठाकुरबाबा नगरपालिका–२ स्थित फेला पारेको शव सडेगलेको अवस्थामा पहिचान हुन नसकेको […]

सम्बन्धित