नेपालगञ्ज : लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् ।
‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका लागि गरिएको अन्तरक्रियामा मन्त्री केसीले भनिन्, ‘तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ । लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’ लगानी गर्दा अलि छिटो प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्छ ।’
कोहलपुरमा अत्याधुनिक बसपार्क र भ्युटावरको संरचना तयार भइसकेकाले अब त्यसलाई कसरी सञ्चालनमा ल्याउने भनेर सबैले सोच्नुपर्ने उनले बताइन् । ‘निर्माण हुनुपथ्र्यो वा हुनुहुँदैनथ्यो भनेर अब वादविवाद गर्नुको कुनै अर्थ छैन,’ उनले भनिन्, ‘बनिसकेका संरचना अब सबै मिलेर सञ्चालनमा ल्याउनुपर्छ ।’
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्नेमा विगतमा त्यसो हुन नसके पनि अब बनिसकेका संरचनालाई उपयोगमा ल्याउनुको विकल्प नभएको मन्त्री केसीको भनाइ थियो ।
कोहलपुरमा पर्यटकीय विकासको सम्भावना अत्यधिक भएकाले भविष्यका लागि यी संरचनाबाट फाइदा लिन सकिनेमा उनले जोड दिइन् । उनले आफू यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले यहाँको विकासका लागि हरसम्भव प्रयास जारी राख्ने प्रतिबद्धता पनि जनाइन् । बाँकेका कार्यालयहरू धमाधम अन्यत्र सरिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले कोहलपुरमा यातायातको शाखा भए पनि ल्याउन आफूले प्रयास गरिरहेको बताइन् ।
यातायात कार्यालयको एउटा शाखा भए पनि कोहलपुरमा ल्याउन आफूले सम्बन्धित मन्त्रालयसँग छलफल सुरु गरिसकेको उनले जानकारी दिइन् । ‘कोहलपुरमा यातायातको एउटा शाखा कार्यालय जसरी पनि म ल्याउँछु । यो मेरो प्रतिबद्धता भयो,’ उनले भनिन्, ‘अब त्यो कहाँ राख्ने नगरपालिकाले त्यो ठाउँको व्यवस्थापन गरोस् ।’