बाँकेमा दोस्रो चरणको खोप २३ गतेदेखि २५ गतेसम्म लगाईदैं ।

सदरलाइन संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार १९:२६
 

नेपालगन्ज: बाँकेमा कोरोना भाईरस विरुद्धको दोस्रो चरणको खोप २३ गतेदेखि २५ गतेसम्म लगाइदै छ । पहिलो चरणमा छुटेका र ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको खोपबारे स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले यो अवधिमा २५ हजार ७ सय ८९ जनालाई खोप लगाउन लागिएको जानकारी दिए ।

उनले पहिलो चरणको खोप अभियान सफल भएको बताउदै बाँकेमा पहिलो चरणमा १० हजारले खोप लगाएको जानकारी दिए । पहिलो चरणको खोप लगाएपछि २८ दिनको फरकमा खोप लगाउने पहिलेको प्रावधान भए पनि नेपाल सरकारले दुई देखि तीन महिनाको फरकमा खोप लगाए प्रभावकारी हुने भएकाले दोस्रो चरणको खोप वैशाखको ७ गतेदेखि १५ गतेसम्म लगाइने उल्लेख गरे ।


स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले ज्येष्ठ नागरिकलाई र छुटेकालाई खोप लगाउनको लागि ८१ वटै वडाका स्वास्थ्य संस्थासँग समन्वय वैठक भइसकेको जानकारी दिए । यसका लागि पालिका स्तरीय खोप समन्वय समिति पनि निर्माण भइसकेको छ ।

गर्भवती, १८ वर्षमुनिका, गम्भीर बिरामी, एन्टिबायोटिक सेवन गरिरहेका र दीर्घरोगीबाहेक सबैले औषधी सेवन गर्न मिल्ने उनले बताए । हालसम्म देशभरका ४ लाख व्यक्तिले कोरोना खोप लगाइसकेका छन् ।

कार्यक्रमका अध्यक्ष बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले खोप अभियानलाई सफल बनाउन सबैसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए । कोरोनाकालमा बाँकेमा देशकै उत्कृष्ट कार्य भएको बताउँदेै उनले जिल्ला बाहिरका धेरै कोरोना संक्रमितले बाँकेबाटै सेवा पाएको सबैको सहकार्यमा जिल्लामा उत्कृष्ट कार्य गर्न सफल भएको बताउँदै उनले दोस्रो चरणको खोप अभियानमा सकारात्मक सन्देश प्रवाह गर्दै सहयोग गर्न आग्रह गरे ।

Next Post

स्टिम शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

२१ फाल्गुन २०७७, शुक्रबार १९:२६
नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयाेग तथा स्याक नेपालकाे आयोजनामा सिकाइ परियोजना संचालन भएका जिल्ला, स्थानीय तह तथा प्रदेशस्तरिय शिक्षा निकाय र साझेदारी संस्थाका प्रतिनिधिहरुका लागि स्टिमशिक्षा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । गत फाल्गुन १९ गतेदेखि २१ गतेसम्म नेपालगञ्जमा संचालन भएको सो तालिमलाई काठमाण्डाै […]

सम्बन्धित