राप्तीसोनारीको विनियोजन र आर्थिक विधेयक सर्वसम्मत पारित

सदरलाइन संवाददाता २१ असार २०७९, मंगलवार १६:२०
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ । ११औं गाउँसभाको तेस्रो वैठकबाट मंगलवार विनियोजन विधेयक र आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको हो ।

सभा अध्यक्ष तप्त बहादुर पौडेलले दुबै विधेयक सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । छलफलमा वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, वडा नम्बर ९ का वडा अध्यक्ष सोहनलाल थारु, वडा नम्बर १ का वडा सदस्य भरत बुढाथोकी लगायतले भाग लिएका थिए ।

असार १० गते सुरु भएको गाउँसभामा अध्यक्ष पौडेलले १४ गते नीति कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त वैठकमा नीति कार्यक्रम पारित गर्दै आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरिएको थियो ।


उपाध्यक्ष मनिषासिंह थारुले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् । उनले ८८ करोड ३१ लाख ४८ हजारको बजेट गाउँसभामा पेश गरेकी थिइन् ।

असार १० गते एमालेका जनप्रतिनिधिहरुले गाउँसभा बहिष्कार गरेपछि गणपूरक संख्या नपुगेको कारण बैठक स्थगित भएको थियो । दोस्रो वैठक १४ गते बसेको थियो । ११ औं गाउँसभाबाट न्यायिक समिति पनि गठन भएको छ ।

उपाध्यक्ष संयोजक रहने न्यायिक समितिमा दुई जना सदस्य गाउँसभाबाट चुनिएका हुन् । बहुमतका आधारमा न्यायिक समिति सदस्यमा शेरबहादुर विक र सुशिला विक चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ठुलो परिमाणमा अवैध छुर्पी बरामद

२१ असार २०७९, मंगलवार १६:२०
नेपालगञ्ज : सशस्त्र प्रहरीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज […]