दाङ दुर्घटनामा परेका २७ जनाको भेरीमा उपचार हुँदै

सदरलाइन संवाददाता १६ पुष २०८०, सोमबार १५:०६
 

नेपालगञ्ज : आइतबार बिहान दाङमा भएको यात्रुवाहक बस दुर्घटानामा घाइते भएकामध्ये २७ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान बस दुर्घटनामा परी घाइते भएकामध्ये २७ जना बिरामीलाई भेरी अस्पताल उपचारका लागि ल्याइएको र उनीहरुको विभिन्न वार्डमा उपचार भइरहेको भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. सङ्केत रिसालले जानकारी दिए ।

उनका अनुसार २७ जना घाइतेमध्ये ३–४ जना बिरामीको अवस्था गम्भीर छ । अन्य बिरामीको अवस्था सामान्य तथा मध्यम छ । घाइते भएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेको उनले बताए ।


अस्पतालको इमर्जेन्सी विभाग, अर्थो विभाग तथा न्यूरो विभागले बिरामीलाई उपचार गरिरहेको सूचना अधिकारी डा. रिसालले जानकारी दिए । उनका अनुसार अधिकांश घाइतेको मुख, ढाड, टाउको, छाती, हात तथा खुट्टामा चोटपटक लागेको छ ।

बर्दियाबाट दाङ चखौरा भ्रमणका लागि जाँदैगरेको भे १ ख २०४१ नम्बरको यात्रुवाहक बस दाङको तुलसीपुर–अमिलिया सडकखण्डमा आइतबार बिहान दुर्घटना हुँदा ३५ जना व्यक्ति घाइते भएका थिए । घाइते सबै बर्दियाको बढैयाताल गाउँपालिका वडा ६ र ७ का बासिन्दा भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला शुरु

१६ पुष २०८०, सोमबार १५:०६
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला शुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् । कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता जनाउने भएकाले यसको […]