बर्माका रोहिंग्या समुदायको सुरक्षाको माग गर्दै नेपालगन्जमा बिरोध प्रदर्शन

२५ भाद्र २०७४, आईतवार १९:४४
 

सदरलाइनडटकम
२५, भदौ, नेपालगन्ज : बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायको सुरक्षाको माग गर्दै आईतवार नेपालगन्जका मुस्लिम नागरिक अगुवाद्वारा बिरोध ¥याली प्रदर्शन गरिएको छ ।
पछिल्लो समयमा बर्मामा भड्किएको जातिय हिंसाको कारण त्यहाँ रहेका अल्पसंख्यक रोहिंंग्या समुदायमाथि भैरहेको अमानविय कार्यको बिरोध गर्दै बाँकेका मुस्लिम समुदायले बिरोध ¥यालीको आयोजना गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत मुस्लिम समुदायले बर्मामा भैरहेको नरसंहार रोक्न कुटनितिक तवरले दवाव सृजना गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सो ज्ञापनपत्र पठाएका हुन ।
मुस्लिम समुदायको तर्फबाट आयोजना गरिएको बिरोध ¥याली स्थानीय विपी चोकबाट शुरु भै त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर सम्पन्न गरिएको थियो ।
‘सामुहिक नरसंहार र हत्या हिंसा बन्द गर, मानवअधिकारको रक्षा गर, बाच्ने र बस्न पाउने अधिकार बहाल गर, नोबेल पुरस्कारको ईज्जत राख’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेर निकालिएको उक्त बिरोध ¥यालीमा बाँकेका बिभिन्न राजनितिक दलका अगुवा मुस्लिम नेताहरु, महिला मुस्लिम अगुवाहरु, समाजसेवीहरु, युवा, पत्रकार, ब्यबसायी र धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।
ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हत्या हिंसाको बाटोले कुनै पनि समस्याको समाधान नहुने जनाउँदै मुस्लिम समुदायको मागलाई तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गरे ।
बर्माका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि भैरहेको सामुहिक नरसंहार तत्काल रोकिनु पर्ने माग गर्दै मुस्लिम अगुवा तथा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राइले सबै ठाउँमा मानवअधिकार र आतंक हेर्ने बिश्वका अगुवा राष्टहरु अहिले चुप लागेर बस्नुलाई बुझ्न नसकेको बताए ।
नेपालगन्जमा रहेको संयुक्त राष्ट संघको कार्यालयमा समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेपनि आइतवार सो कार्यालयमा विदा हुने गरेकोले सोमवार ज्ञापन बुझाइने मदरसा फैजुन्नबी ईदगाह संचालक समितिका अध्यक्ष रहीस अहमद सिद्दिकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान गठनको लागि चौतारीको ध्यानाकर्षण

२५ भाद्र २०७४, आईतवार १९:४४
सदरलाइनडटकम २६ भदौ, काठमाण्डौ : प्रेस चौतारी नेपालले राजनीतिकरण नगरी आम सञ्चारकर्मीको भावनाअनुसार ‘आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान’ गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै सोमबार ज्ञापनपत्र बुझाउँदै आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानलाई कुनै […]