सदरलाइनडटकम,
नेपालगञ्ज : ८ औ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रवार बिहानको खेलमा नेपाल प्रहरी बिजयी भएको छ । मंगल प्रसाद माविको खेल मैदानमा भएको पहिलो खेल गण्डकी प्रदेश र प्रदेश २ बिच १-१ गोलको बराबरी भयो । गण्डकीका राजन नेपालीले ३९ औ मिनेट र २ का अर्जुन खड्काले ५१ औ मिनेटमा गोल गरे ।
यसैगरी दोश्रो खेल नेपाल प्रहरीले प्रदेश ३ लाई ३-० गोल अन्तरले पराजित गर्यो । प्रहरीका रोमन राणाले ६ र ५० मिनेट तथा राजेन्द्र कार्किले १४ मिनेटमा गोल गरे । तेस्रो खेल दिउँसो ४ बजे प्रदेश ५ र कर्णाली प्रदेश बिच हुने हक्किका मुख्य प्रशिक्षक बिजयन्त शर्माले जानकारी दिए । ८ औ खेलकुदको उद्घाटन बैशाख ५ गते हुने भएपनी केही खेल चैत २७ देखि शुरु भएका हुन् ।
