नेपालगञ्जमा स्कारपियोको ठक्करबाट पैदलयात्रु दुईको मृत्यु एक गम्भीर घाइते

सदरलाइन संवाददाता १६ पुष २०८०, सोमबार १०:१४
 

नेपालगञ्ज : बाँकेमा स्कारपियो जीपले पैदल यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु हुनुको साथै एकजना गम्भीर घाइते भएका छन् ।

आइबार राति सुदूरपश्चिम प्रदेश ०१–००१च ३४६१ नंम्बरको स्कारपियो जीप नेपालगञ्ज–१८ सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै भएको दुर्घटनामा परेर नेपालगञ्ज–१३ की २४ वर्षिया आस्था शाह र एक परिचय खुल्न नसकेको पुरुषको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु अंग्रेजी नयाँ वर्ष मनाएर फर्कदै थिए ।


सो दुर्घटनामा परेर नेपालगञ्ज–१३ की २५वर्षिया सहाना शाह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका तीन जना मध्ये आस्था र परिचय खुल्न नसकेको पुरुषको अस्पताल पुराए लगत्तैं मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । बाँकेमा चालु आर्थिक वर्षको साढे छ महिनामा भएका ७६ वटा सवारी दुर्घटनामा परेर ३३ जनाले ज्यान गुमाएका छन् भने सय बढी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना

१६ पुष २०८०, सोमबार १०:१४
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ । गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किटको विषयमा जानकारी दिने उद्देश्यले स्थापना भएको […]