करीब दुईसय नेपाली रुपईडिहामा अलपत्र

१७ चैत्र २०७६, सोमबार १८:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जसँग जोडिएको भारतीय सीमावर्ती बजार रुपईडिहामा दुई सय नेपाली अलपत्र परेका छन् । भारतको बिभिन्न स्थानबाट सीमा क्षेत्रमा आइपुगेका दुई सय नेपालीहरु सिमा नाका बन्द गरिएकाले भारतीय क्षेत्र रुपईडिहामा अलपत्र परेका हुन् ।
पत्रकार सन्तोष शुक्लाका अनुसार भारतीय सशस्त्र सीमा बलमार्फत नेपाली अधिकारीहरुको समन्वयमा नेपाल ल्याउने प्रयास भईरहेको छ । तर यो समाचार तयार पार्दासम्म कुनै समन्वय हुन सकेको छैन । अलपत्र परेका नेपालीहरुमा बालक, युवा र बृद्ध छन् ।
नोपलीहरुलाई सोमवार बिहान एसएसबीले चिया नास्ता, पानी र दिउँसो स्थानीय युवाहरुले खाना खुवाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एव सूचना अधिकारी दिर्घराज उपाध्यायले माथिबाट कुनै आदेश हालसम्म नआएकाले व्यवस्थापन गर्न नसकिएको बताए ।
उनले भारत र नेपाल दुबैतर्फ लकडाउन भएकाले अहिलेसम्म माथिबाट कुनै आदेश नआएको प्रष्ट पारे । यसअघि भारतबाट आउनेहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राख्ने गरि जिल्लातर्फ पठाईएको थियो ।

Next Post

सुरक्षाकर्मीलाई युवाको सर्जिकल ग्लोब सहयोग

१७ चैत्र २०७६, सोमबार १८:२३
सदरलाइन/ विश्वनाथ सिम्खाडा कालिकोट :  महामारीको रूपमा फैलिँदै गएको कोरोना भाईरस अर्थात कोभिड –१९ नियन्त्रण तथा रोकथामका लागि कालिकोटका युवाहरू सक्रिय देखिएका छन् । लिंगासैनी युथ क्लव कालिकोटले जिल्लामा रातदिन नभनी सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई तीन सय पिस सर्जिकल ग्लोब वितरण गरेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु […]

सम्बन्धित