बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढ्ने

यदुराज मिश्र २१ भाद्र २०७९, मंगलवार १३:५८
 

नेपालगञ्ज : घोषणाको ५ वर्षपछि बाँकेको नौबस्ता औद्योगिक क्षेत्र निर्माण अघि बढ्ने भएको छ । विगतमा जग्गा विवादलगायत विभिन्न समस्या देखिए पनि पछिल्लो समयको कार्य प्रगतिले उद्योगी तथा व्यवसायीमा आशा जगाएको हो ।

सरकारको नीतिअनुसार औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता, भन्सार तथा कर कार्यालय स्थापना गर्न मिल्ने गरी पूर्वाधार डिजाइन गरिएको छ । जग्गा विवादलाई पनि टुंगो लगाउने प्रयास भइरहेको नौबस्ता औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताए ।


बैजनाथ गाउँपालिकाको उत्तरमा रत्न राजमार्ग, दक्षिणमा डिगिया डाँडा, पूर्वमा गाभर र पश्चिममा पितमारीको चार किल्लाभित्र रहेको ५ सय २५ बिघा सरकारी जग्गामध्ये ३ सय ३८ बिघा जग्गा नौबस्ता औद्योगिक क्षेत्रका नाममा आइसकेको छ ।

उक्त क्षेत्रमा ९ देखि ३० रोपनी क्षेत्रफलका कुल १ सय ११ वटा प्लट निर्माण गरिने छ । उक्त प्लटमा औद्योगिक पूर्वाधार बन्नेछन् । त्यसको ठेक्का प्रक्रिया अगाडि बढि सकेको छ । औद्योगिक क्षेत्रको परियोजना सम्पन्न गर्न कुल ८ अर्ब ७७ करोड रुपैयाँ खर्च लाग्ने सरकारको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हलिया मुक्ति घोषणाको १४ वर्ष पूरा, पुनस्र्थापना हुन सकेन

२१ भाद्र २०७९, मंगलवार १३:५८
नेपालगञ्ज : सरकारले हलिया मुक्ति घोषणा गरेको १४ वर्ष पूरा भएको छ । २०६५ साल भदौमा हलिया प्रतिनिधि र सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २१ गते हलिया मुक्ति दिवस मनाउने गरिन्छ । सरकारले सहमति र प्रतिबद्धता गरेअनुसार हलिया पुनस्र्थापनाको […]