कैलालीमा विस्फोट हुँदा एक जनाको मृत्यु

९ चैत्र २०७६, आईतवार १३:५९
 

सदरलाइनडटकम,
कैलाली : कैलालीको गोदावरी नगरपालिका–४ फुलबस्तीमा विस्फोट हुँदा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ ।
उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले बताए ।

Next Post

सुरक्षाकर्मीलाई कोरोना सम्बन्धी सचेतना

९ चैत्र २०७६, आईतवार १३:५९
सदरलाइनडटकम, नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जका सुरक्षाकर्मीहरुलाई कोरोना सम्बन्धी सचेत गराईएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरिक्षक हरी बस्नेतका अनुसार वडा प्रहरी कार्यालय मातहतका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै सचेतना कार्यक्रम संचालन गराईएका हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. देबेन्द्र आचार्यले सुरक्षाकर्मीलाई कोरोना भाईरसबाट बच्न अपनाउनु […]