मकैजोन सञ्चालक समितिको निर्वाचन हुने

१७ चैत्र २०७५, आईतवार १८:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन सञ्चालक समितिको आईतवार साधारण सभा एवं कृषक भेला भएको छ । मैक जोन सञ्चालक समिति बाँकेको आयोजनामा नेपालगञ्जमा भएको भेलाले नयाँ सञ्चालक समिति चयन गर्ने भनिए पनि सहमति हुन नसकेपछि निर्वाचन हुने बताइएको छ ।
सञ्चालक समितिका संयोजक जयपाल मौर्यको अध्यक्षता एवं कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लामा मकै जोन सञ्चालित क्षेत्रका कृषकहरुको उपस्थिती रहेको जोनका प्रमुख देवेशकुमार मिश्रले जानकारी दए ।
आगामी तीन वर्षे कार्यकालका लागि चयन गरिने समितिको संयोजकमा तीन जना आकाँक्षी रहेकाले सहमति हुन नसक्दा निर्वाचन गरिने बुझिएको छ । कृषक अजयकुमार मौर्य, उमेशकुमार यादव र रामधनी यादवले संयोजक पदमा दाबी गरेको जोन कार्यालयले जनाएको छ । मकैजोनमा दर्ता रहेका ७७ वटा कृषक समूहबाट एकएक जनाले प्रतिनिधित्व गर्नेछन् ।

Next Post

भारतीय सेनाको विमान दुर्घटनाग्रस्त

१७ चैत्र २०७५, आईतवार १८:१४
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतवार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ […]