निर्वाचन आयोगद्वारा नेपालगञ्जमा मिडिया अभिमुखीकरण

सदरलाइन संवाददाता ३ कार्तिक २०७९, बिहीबार १४:२७
 

नेपालगञ्ज : निर्वाचन आयोग नेपालले बिहीवार नेपालगञ्जमा मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रदेशस्तर मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आचारसंहिताको उल्लंघनमा मिडियालाई ’वाच डग’ को भूमिका निभाउन आग्रह गरिन् । उनले विगतका निर्वाचन जस्तै यसपटक पनि मिडियाबाट निष्पक्ष भूमिकाको निरन्तरता आयोगले खोजेको बताइन् ।

उनले बदर मत घटाउन आयोगले मतदाता शिक्षालाई जोड दिँदै प्रचारप्रसारलाई अगाडि बढाएको उल्लेख गरिन् । आयुक्त तुलाधरले आचारसंहिता पालना कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै मिडियाबाट प्राप्त हुने सूचना र सन्देश आयोगका लागि कोशेढुंगा सावित हुने बताइन् । मिडियालाई सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न उनले आग्रह गरिन् ।


बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तह निर्वाचन २०७९ मा बाँकेमा पत्रकार र मिडियाले खेलेको भूमिकाको सह्राना गरे ।

मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश धनसिंह महराले मतदान कार्य स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सञ्चालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले निर्वाचन र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्योपचार गरि नरैनापुरका अध्यक्ष शाह घर फर्के

३ कार्तिक २०७९, बिहीबार १४:२७
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् । अध्यक्ष शाहको सचिवालयले अध्यक्ष शाह स्वास्थ्य लाभ गरी आज घर फर्किएको जनाएको छ । अध्यक्ष शाह डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशिलताका कारण केही दिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी […]