सावरी दुर्घटनाबाट जोगाउन बाँके ट्राफिकको टल्कने स्टिकर अभियान

सदरलाइन संवाददाता ४ पुष २०८०, बुधबार १८:०८
 

नेपालगञ्ज  :  जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जिल्ला प्रहरी कार्यालय बाँकेसंगको सहकार्यमा चिसो शितलहर र हुस्सु बेलामा ‘लो भिजन’को कारण सवारी साधन दुर्घटना हुनसक्ने भएकोले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी साधनको पछाडि टल्कने स्टीकर टाँस गर्न सुरु गरेको छ ।

तराईमा चिसो शितलहर र हुस्सु बेलामा लो भिजनको कारण सवारी साधन दुर्घटना हुनसक्ने भएकोले जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरको संयुक्त आयोजनामा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी साधनको पछाडि टल्कने स्टीकर टाँस गर्न सुरु गरेको हो ।

बाँके प्रहरीको प्रवक्ता समेत रहेका प्रहरी नयव उपरिक्षक नारायण डाँगीले जाडो याममा बाक्लो हुस्सु र कुहिरोले चालकको दृश्यशक्ति कमजोर हुँदा सावरी साधन दुर्घटनामा पर्ने संभावना अधिक हुने भएको कारणले जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालयको संयुक्त प्रयासमा निशुल्क रुपमा सडकमा गुडेका सवारी साधनको पछाडि टल्कने स्टिकर लगाउन सुरु गरिएको बताए ।

उनले भने–‘जाडोयाममा लाग्ने हुस्सु र कुहिरोको कारण भिजिविलिटी एकदमै कम हुने हुँदा सडकमा गुडेका वा पार्किङ्ग गरी राखेका सवारी साधनको पछाडि रिफ्लेक्टीङ्ग स्टिकर टाँस गर्ने अभियान सञ्चालन गरिएको हो ।’ उनले सडकमा गुड्ने अटो, साईकलदेखि सबै प्रकारका सवारी साधनमा टल्कने स्टिकर लगाउन सुरु गरिएको बताए ।

जिल्ला ट्रफिक प्रहरी कार्यालयका इंचार्ज प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले चालु आर्थिक वर्षको छ महिनामा मात्र बाँकेमा भएका ६९ वटा सडक दुर्घटनामा परेर २९ जनाले ज्यान गुमाउनुको साथै ५० जना गम्भीर र ७४ जना सामान्य घाइते भएको जानकारी दिए ।


उनले जाडोमा हुस्सु र कुहिरोको कारण भिजिविलिटी एकदमै कम हुने हुँदा सडक दुर्घटना अझै बढ्न सक्ने आंकलन गरी सवारी साधनको पछाडि टल्कने स्टिकर लगाउने अभियान सुरु गरिएको स्पष्ट पारे ।

‘जाडो समयमा बाक्लो हुस्सु लाग्ने र सडकमा सवारी साधन नदेखिई दुर्घटना हुनसक्ने खतरा ज्यादा भएकोले सवारी साधनको पछाडि टल्कने स्टिकर टाँस गर्न सुरु गरिएको छ । यसले सडक दुर्घटनामा कमी ल्याउने विश्वास गरिएको छ’– उनले भने ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँके प्रहरी प्रमुख दानसिंह बोहरालगायतको उपस्थिति रहेको कार्यक्रममा ३ सय बढि सवारी साधनमा टल्कने स्टिकर टाँस गरिएको थियो ।

बाँके ट्राफिक कार्यालयले ट्राफिक सचेतनाका लागि करिव ७ सय कक्षा सञ्चालन गरेर ४२ हजार विद्यार्थी, पैदलयात्री, सावरी चालकलाई ट्राफिक सचेनाको बारेमा जानकारी दिएको जनाएको छ । यसको साथै मापसे, लापसे जाँच गर्नुको साथै राजमार्गमा सवारी साधनको गती मापन गर्नको लागि रडारगन लिएर चेकजाँच गर्ने गरेको प्रमुख सुवेदीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालयमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण हस्तान्तरण

४ पुष २०८०, बुधबार १८:०८
बर्दिया :  प्लान इन्टरनेशनल नेपाल, बि–ग्रुप र गेरुवा गाउपालिकाको साझेदारीमा बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत सरस्वती आधारभूत विद्यालय गेरुवा–३ बनकट्टीमा निर्माण भएको लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तन्त्रण गरिएको छ । विद्यालयमा शौचालयको अभावमा पठनपाठनमा समेत बाधा आएको अवस्थामा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण भएपछि विद्यालयमा पठन–पाठन क्रियाकलाप सहज हुने अपेक्षा […]