पाँच महिनायता विपदका घटनामा परी १७ जनाको मृत्यु

सदरलाइन संवाददाता ३ पुष २०८०, मंगलवार १७:१४
 

नेपालगञ्ज : बाँकेमा गत पाँच महिनाको अवधिमा १०३ वटा विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १०३ वटा विपदका घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जिल्लामा करेन्ट लागेर, पानीमा डुबेर र अन्य विपत्तिमा परेर १७ जनाको मृत्यु भएको तथा २२ जना घाइते भएका हुन् ।

प्रजिअ पोखरेलले गत पाँच महिनाको अवधिमा जिल्लाभर आगलागीका ३४, बाढी र डुबान २१, हावाहुरी आठ, करेन्ट आठ, पानीमा डुबान सात र अन्य विपदका २५ वटा घटना भएको बताए ।


उनले करेन्ट लागेर ६ जना, पानीमा डुबेर चार जना र अन्य विपत्तिमा परेर सात जनाले ज्यान गुमाएको बताए ।

आगलागीका ३४ वटा घटना हुँदा ३४ वटै घरमा क्षति पुगेको थियो भने हावाहुरीबाट आठ घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । विपदबाट ४४ लाख ५२ हजार दुई सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । सबैभन्दा बढी भौतिक क्षति आगलागीबाट भएको छ ।

विपद् प्रभावित ३३ घरपरिवारलाई चार लाख ८६ हजार बराबरको राहत प्रदान गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । उनले विपत्ति जोगिन पहिले नै विपद् व्यवस्थापन योजना बनाएर कार्यान्वयन गरिएकाले क्षति कम भएको बताए । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बनाउन माग

३ पुष २०८०, मंगलवार १७:१४
नेपालगञ्ज : थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु संग्रहालय बनाउन माग गरिएको छ । बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् । थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेट गरी थारु संग्रहालयको महत्वबारे जानकारी गराए । […]