अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा नेपालगञ्जका जनप्रतिनिधिसंग छलफल

सदरलाइन संवाददाता १ पुष २०८०, आईतवार १८:१०
 

नेपालगञ्ज :  अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको विषयमा नेपालगञ्ज उपमहानगरका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरिएको छ । भेस्टोलिटोको आर्थिक सहयोगमा नेपाल परिवार नियोजन संघ बाँकेद्वारा सञ्चालनमा रहेको अपाङ्गगता भएका व्यक्तिको सुरक्षित प्रजनन अधिकार बारे जनचेतनामुलक कार्यक्रम अन्तरगत सो अन्तरक्रियाको आयोजना गरिएको हो ।

उपमहानगरका सबै वडाका वडा अध्यक्ष सहभागीता रहेको कार्यक्रममा उपमेयर कमरुद्दिन राईले नेपालगञ्ज उपमहानगरले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नको लागि विभिन्न सहयोगी सामान वितरण गर्नुको साथै संरचनाहरुलाई अपाङ्गतामैत्री बनाउदै लैजान लागिएको बताए ।

उनले भने–‘ नेपालगञ्ज उपमहानगरले अपाङ्गता भएका ब्यक्तिका लागि सहयोगी सामाग्री उपलब्ध गराउनुको साथै उपमहानगरको भवनमा लिफ्ट जडान गरी पूर्ण अपाङ्गतामैत्री बनाईने तयारी अन्तिम चरणमा पुगेको छ ।’


परिवार नियोजन संघका प्रबन्धक रश्मि श्रष्ेठले संघले परियोजना अन्तरगत विभिन्न क्षेत्रका करिव १ हजार ३ सय बढीलाई अपाङ्गता भएका व्यक्तिको सुरक्षित प्रजनन अधिकारको बारेमा अनुशिक्षण गरिएको जानकारी दिईन ।

यसका साथै संघले विभिन्न स्थानमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर समेत गर्दै आएको जानकारी दिईन ।
संघका अध्यक्ष बदरुदुजा खाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अपाङ्गता अधिकारकर्मी सिता बोहराले विभिन्न अधिकारका बारेमा जानकारी गराएकी थिईन ।

सो अवसरमा विभिन्न वडाका वडा अध्यक्षहरु, अलविनो संघका अध्यक्ष टेकराज जैसी, नेपालगञ्ज २० कि मनकुमारी नेपालीलगायतले अपाङ्गता भएका व्यक्तिका समस्याका बारेमा भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाद्य स्वाच्छतामा सबैको इमान्दारिता हुन आवश्यक

१ पुष २०८०, आईतवार १८:१०
नेपालगञ्ज : व्यवसायलाई नाफामुखी भन्दा पनि सेवामुखीभावले सञ्चालन गर्न सबैले पहल गरे मात्र खाद्य स्वच्छता आफै कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आइतबार आयोजना गरेको खाद्य स्वाच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन […]