नैतिक शिक्षा र सुशासन विषयक वक्तृत्वकलामा जयबागेश्वरी प्रथम

१९ भाद्र २०७४, सोमबार १९:३०
 

सदरलाइनडटकम
१९ भदौ, नेपालगन्ज : नैतिकता र सुशासन एक सिक्काका दुई पाटो भएको नेपालगन्जमा सोमबार आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्वारा आयोजित अन्तर मावि स्तरीय सो बक्तृत्वकला प्रतियोगिताका सहभागिले सो कुरा औल्याएका हुन ।
नेपालगन्जको धम्बोझी माविमा सम्पन्न ‘नैतिक शिक्षा र सुशासन’ बिषयक बक्तृत्वकला प्रतियोगितामा बाँकेका विभिन्न विद्यालयका २९ जना प्रतियोगिहरु सहभागि रहेका थिए ।
सो कार्यक्रममा जयबागेश्वरी मावि नेपालगन्जका कमल चौधरीले सबैलाई उछिन्दै प्रथम स्थान हासिल गर्न सफल भए भने क्रमशः द्वितिय, तृतिय र सान्त्वना स्थान आदर्श मावि राझाँकी मिनु गुप्ता, बेष्टजोन ईंगलिस मिडियम स्कुलका शुभम बस्याल र एलिना कठायत भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई कार्यक्रमका अतिथि तथा निर्णायकहरुले ट्रफि, पुरस्कार तथा प्रमाणपत्र मार्फत पुरस्कृत गरेका थिए भने सहभागि सबै २९ जनलाई नै सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा धम्बोझी मावि बिद्यालय ब्यवस्थापन
समिति अध्यक्ष धनबहादुर चन्दले विद्यार्थीका लागि आयोजना गरिने यस्ता प्रतियोगिताहरुले अतिरिक्त क्रियाकलापमा लाग्न उत्प्रेरीत गर्ने बताए ।
यस्तै कार्यक्रमका बोल्दै धम्बोभीm माविकी प्रधानाध्यापक किरण आचार्यले सहभागिताले आत्मबल बढाउने भन्दै प्रतियोगितामा सहभागि हुने सबैलाई बधाई ज्ञापन गरिन उनले लडेर अगाडि बढेमा जित सुनिश्चित हुने भन्दै प्रयास निरन्तर जारी राख्न सबै बिद्यार्थीहरुलाई अनुरोध गरिन् । कार्यक्रममा बोल्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले अतिरिक्र क्रियाकलापमा हुने सहभागिताले बिद्यार्थिहरुको क्षमतामा निखार आउने बताए । बासले यस्ता क्रियाकलाप आगामि दिनमा समेत गर्दै जाने उनको भनाई थियो ।
नेपालमा राष्ट्रिय सदाचार परियोजनाका कार्यक्रम अधिकृत हेमराज भट्टले सहजिकरण गरेको प्रतियोगितामा निर्णायकको भुमिका नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, शान्ति समिति बाँकेका पूर्व अध्यक्ष तेज बिक्रम शाह र बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । प्रतियोगितामा प्रतियोगि विद्यालयका शिक्षक तथा अन्य विद्यार्थी गरि ४५ बढीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षक महासंघ बाँकेले रक्तदान गर्ने

१९ भाद्र २०७४, सोमबार १९:३०
सदरलाइनडटकम  २० भदौ, नेपालगन्ज : शिक्षा दिवसको अवसरमा नेपाल शिक्षक महासंघ बाँकेले जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा बृहद रक्तदान गर्ने भएको छ । नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष बाबुतरुण गौतमले बाढी तथा पहिरो र बदलिदो मौसमका कारण हुने विरामीको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए […]

सम्बन्धित