नेपालगञ्जको रामलिला मैदानमा गरियो रावणको बध

सदरलाइन संवाददाता २६ आश्विन २०८१, शनिबार १९:३७
 

नेपालगञ्ज  :  नेपालगञ्जमा सञ्चालनमा रहेको १५७ औ रामलिलामा बडा दशैको दिनमा रावणको बध गरिएको छ । हिन्दू समुदायको बडा दशैको अवसरमा रामायणमा आधारित रामलिला अन्तरगत नेपालगञ्जको रामलिला मैदानमा सञ्चालन भएको रामलिलामा आज दशमीको दिनमा रावणको बध गरिएको हो ।

यो गत १५७ औ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ । भारतको अयोध्याबाट आएका कलाकारले बाल्मिकी रामायणमा आधरित रामलिला मञ्चन गदै आएका छन ।

रामलिला सञ्चालक समितिका समितिका सदस्य रमेशचन्द्र कुमालले घटस्थापनाको दिनदेखि नै विधिवत रुपमा रामलिला मैदानमा रामलिला मञ्चन गर्दै आएको र रामायणमा आधारित रामलिलामा रामको राज्याभिषेक गरी समाप्त हुने जानकारी दिए ।


यसैबीच रावण बधको उत्सव हेर्नका लागि नरेपालगञ्जको रामलिला मैदानमा श्रद्धालु भक्तजनहरुको ठूलो घुईचो लागेको थियो । बडा दशैको दिन साँझ रामलिला मैदानमा रावण बध गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा टाउको नभएको अवस्थामा शव भेटियो

२६ आश्विन २०८१, शनिबार १९:३७
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा टाउको काटिएको अवस्थाको पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार कोहलपुर–८ पिपरी नजिकै टाउको नभएको शव फेला परेको हो । प्रहरी उपरिक्षक कार्कीले घटनास्थल पिपरीदेखि करिव २ किलोमिटर पुर्व शितलनगरमा अन्दाजी ४० वर्षका […]