मानव बेचबिखन बिरुद्ध क्रियाशिल हुनुपर्नेमा जोड

१२ भाद्र २०७५, मंगलवार १९:३३
 

सदरलाइनडटकम,
गुलरिया (बर्दिया) : मानव बेचबिखन न्युनिकरणका लागि थप समन्वय र क्रियाशसलता बृद्धि गर्नुपर्नेमा जोड दिईएको छ । बर्दियाको गुलरियामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र माइती नेपाल बर्दियाको आयोजनामा भएको जिल्लास्तरीय अन्तरक्रियामा सम्बन्धित सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर चौधरीले मानव बेचबिखन न्युनिकरणका लागि स्थानिय तहमा गाँउ एवं नगरसभामै नीति तथा कार्यक्रम निर्माण गर्दा उक्त मुद्दा प्राथमिकतामा राख्न आग्रह गरे । उनले समन्वयात्मक रुपमा कार्यान्वयन गर्नसके मात्र प्रभावकारी हुने बताएको माइती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोईरालाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बैदेशिक रोजगारीका नाममा बर्दियाका अधिकाँश महिला तथा किशोरीहरु बाहिरिने गरेको बताए । यस्ता महिला जोखिम र शोषणमा पर्ने गरेको भन्दै उनले रोकथाम र उद्धारका प्रयासका साथै थप प्रभावकारीरुपमा सरकारी तथागैर सरकारी निकायहरु क्रियशिल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले प्रमुख समस्या मध्ये मानव बेचबिखन मुख्य समस्याको रुपमा देखा परेको भन्दै यस विषयमा नेपाल प्रहरी सदा चनाखो रहेको जिकिर गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक कृष्ण कोईराला, शिक्षा ईकाई बर्दियाका निलकन्ठ रेग्मी, महिला तथा वालवालिका शाखाकी महिला विकास निरीक्षक शिला शाह, गुलरिया नगरपालिकाका सुचना अधिकारी अजय सिंह ठाकुर, नेपाल पत्रकार माहासंघ बर्दियाका सभापति राजेन्द्र धिताल, नेपाल बार एशोसिएशन बर्दियाका अध्यक्ष देबिदत्त देबकोटा, गैर सरकारी सस्था महासंघ बर्दियाका अध्यक्ष बिष्णु तिमिल्सेना लगायतले धारण राखेका थिए ।

Next Post

राप्तीसोनारीका सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोग गरिदै

१२ भाद्र २०७५, मंगलवार १९:३३
सदरलाइन / रुद्र सुवेदी राप्ती सोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिको प्रयोग गरिने भएको छ । मंगलगबार गाउपालिकामा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगैयाबाट सूचना प्रविधि प्रयोगको थालनी भएको हो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र […]

सम्बन्धित