बालदिवसमा सरसफाई र सेचतना

२९ भाद्र २०७६, आईतवार १९:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित बाल क्लव आदर्श माविका विद्यार्थीले जनचेतनामुलकसँगै सरसफाई कार्यक्रम गरेका छन् ।
‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ भन्ने नारासहितको राष्ट्रिय बालअधिकार दिवसका सन्दर्भमा आदर्श मावि  कक्षा ८ का विद्यार्थीहरुले डेंगुविरुद्ध प्रर्चा बाँडेर सचेतना फैलाएका छन् भने सरसफाई समेत गरेका छन् ।
आज दिउसो विद्यार्थीको समूहले हातमा झाडु बोकेर मुखमा मास्क लगाएर सडक, टोल सफाई गरे भने केहीले डेंगु विरुद्धको पर्चा बाँडनुका साथै सो रोगबाट बच्न सकिने उपाय बारे सचेत गराए । विभिन्न अवसर र सन्दर्भमा विद्यार्थीहरुलाई अतिरिक्त र रचनात्मक क्रियाक्लापमा सहभागी गराउदै आइएको विद्यालयका सह प्राधानाध्यापक टंक गौतमले जानकारी दिए ।

Next Post

पाइलट परियोजनाको रुपमा नेपालगञ्ज छनौट

२९ भाद्र २०७६, आईतवार १९:४८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका विश्व बैंकको कार्यक्रमका लागि छनौटमा परेको छ । विश्व बैङकले नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उपमहानगरपालिकालाई छनौट गरेको मेयर डा. धवलशम्शेर राणाले जानकारी दिए । पाईलट परियोजनाअन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको […]