ई–रिक्सा छोड्न माग गर्दै चालक आन्दोलित

सदरलाइन संवाददाता २६ मंसिर २०८०, मंगलवार १७:४१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मंगलबार उप–महानगरपालिकाको मुल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन् ।

रिक्सा चालक नेपालगञ्ज–१५ जयसपुरका सलमान खानले उपमहानगरपालिकाले रिक्सा नियन्त्रणमा लिएपछि आफुहरुको दैनिकीमा समस्या पर्न थालेको बताए । खानले भने, ‘‘रिक्सा मालिकले कर नतिरेको दोष हामी चालकलाई दिन भएन ।’’

नेपालगञ्जका गुड्ने ई–रिक्सामध्ये भाडामा चलाउने पनि अधिक छन् । यहाँ १० हजार बढि ई–रिक्सा भएको अनुमान छ । उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ई–रिक्सा अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने निर्णय गरेको छ ।


जस अनुसार दर्ताका लागि कुनैपनि कागजात नभएका ई–रिक्सा नियन्त्रणमा लिइएको छ । यसरी नियन्त्रणमा लिइएका ई–रिक्सा सञ्चालक र चालकहरुले विनासर्त ई–रिक्सा छोड्नुपर्ने माग गरेका हुन् । उनीहरुले अबदेखि उपमहानगरपालिकामा दर्ता भई कर तिर्ने प्रतिबद्धता जनाएका छन् । उपमहानगरपालिकाले रातो नम्बर प्लेटका ई–रिक्सालाई समेत यात्रु बोक्न प्रतिबन्ध लगाएको छ ।

नगरभित्र चलिरहेका रातो नम्बर प्लेटका रिक्सा लिने गरिएको छ । नगर प्रहरी सहायक निरीक्षक पवन कनौजियाका अनुसार यात्रुबाहक सवारी साधनमा प्रयोग गरिएका रातो नम्बर प्लेटका रिक्सा, चेसिस र ब्लुबुक नमिलेका, कागजात नभएका रिक्साहरु ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लोकतान्त्रिक खेलकुद संघ विस्तार

२६ मंसिर २०८०, मंगलवार १७:४१
नेपालगञ्ज : नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति बाँके मंगलबार गठन गरिएको छ । सुटिङका स्वर्ण पदक खेलाडी बद्दरुद्दिन अन्सारीको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । नेपाली काँग्रेस निकट संघको उपाध्यक्षमा अरुण बिक्रम शाह, सचिव प्रकाश लामिछाने, सहसचिवमा रन्जितसिंह सिजापति र कोषाध्यक्षमा कमला जैसी रहेका छन् । यसैगरी सदस्यहरुमा […]

सम्बन्धित