पूर्वमन्त्री राईले पार्टी निकट नेता कार्यकर्तालाई मानविय सहयोगमा जुट्न निर्देशन (विज्ञप्ती सहित )

१४ चैत्र २०७६, शुक्रबार १७:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँके क्षेत्र नं. २ का संघिय सभा सदस्य तथा पूर्व मन्त्री एवम समाजबादी पार्टीका केन्द्रीय सचिव मो ईस्तियाक राईले कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि आग्रह गर्दै मानविय सहयोगमा जुट्न अपिल गरेका छन् ।

उनले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै विश्वभर फैलिएको नोबल कोरोनाको संक्रमण फैलिन नदिनको लागि सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावित भएका विपन्न तथा दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्नेहरुको अवस्था भयावह हुन नदिनको लागि सबैलाई आग्रह गरेका छन् ।


उनले बाँके निर्वाचन क्षेत्रनं.२ को भुगोलमा रहेका कुनै दिन काम गर्न जान नपाउदा भोकै बस्नुपर्ने अवस्था आउन्ेहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई दैनिक उपभोग्यका बस्तु उपलब्ध गराउने कार्यमा समाजबादी पार्टीका नेता कार्यकर्ता जुट्न निर्देशन दिएका छन् । उनले जतिसक्यो चाँडो तथ्याङ्क संकलन भएमा उनीहरुलाई राहत पुराउन सहज हुने बताएका छन् ।

उनले लकडाउनका कारण जिल्लाका सबै पालिकामा रहेका गरिबिको रेखामुनी भएकाहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई मानविय सहयोग पुराउन सबै पार्टी निकट नेताकार्यकर्तालाई आग्रह गर्दै लकडाउनको पालना गर्न समेत आग्रह गरेका छन् ।

Next Post

पूर्वमन्त्री राईले पठाए प्रधानमन्त्रीलाई धनाकर्षण पत्र

१४ चैत्र २०७६, शुक्रबार १७:३६
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँके क्षेत्र नं. २ का संघिय सभा सदस्य तथा पूर्व मन्त्री एवम समाजबादी पार्टीका केन्द्रीय सचिव मो ईस्तियाक राईले कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोगिनको तथा रोकथामको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण सहितको अनुरोेध पत्र पठाएका छन । शुक्रबार पठाएको पत्रमा ‘विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरस […]

सम्बन्धित