सदरलाइनडटकम,
नेपालगन्ज : अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । सिंहदरबारमा शुक्रवार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले ठुला विकास आयोजनाको कार्यान्वयन, लगानी बृद्धि र पूर्वाधारको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
दिगो विकासको लक्ष्य पूरा गर्न धेरै रकम आवश्यक पर्ने भन्दै अर्थमन्त्रीप खतिवडाले पूर्वाधार विकासमा ६० प्रतिशत बजेट छुट्याइने उल्लेख गरे । सरकारले दिगो विकासको लक्ष्य पूरा गर्न रणनीतिक रुपले काम अघि बढाउने तयारी गरेको जानकारी दिँदै उनले १० वर्षमा १० लाख जनालाई रोजगारी दिने जानकारी दिए ।
शतप्रतिशत विद्यार्थी भर्ना र अनिवार्य शिक्षाका लागि नीति तयार भइसकेको बताउँदै अर्थमन्त्रि खतिवडाले सरकारको नीति र नियम कडाईका साथ कार्यान्वयन गरिने बताए ।
