कोहलपुरमा अव एप मार्फत खाजाको व्यवस्था

सदरलाइन संवाददाता २४ मंसिर २०८०, आईतवार १४:२८
 

कोहलपुर (बाँके) : बाँकेको सुन्दर शहर कोहलपुरमा अव एप मार्फत खाजाका परिकारहरु घरमै अडर गरि खान मिल्ने भएको छ । कोहलपुर दश बिगाहको पुर्व गेट नजिक खुलेको मम बार नेष्ट ईनले यो सुबिधा पहिलो पटक कोहलपुरमा ल्याएको हो ।

२५ प्रकारका ममका परिकार सहित अन्य खाजाका परिकारहरु पाईने मम बार नेष्ट ईनलाई आफनो मन परेको खाजा अडर गर्दा मम बार नेष्ट ईनलाई गुगल प्ले स्टोरबाट डाउनलोड गरि उक्त एपमा देखिईएका परिकारहरुलाई कोहलपुर क्षेत्रका जुनसुकै स्थानमा समेत मगाउन सकिने रेष्टुरेण्टले जनाएको छ ।


यसका अलावा फोन ०८१–५३१७४७ मा कल गरेर समेत अडर गर्न सकिने छ । ब्यस्त जिवनशैलि तथा पेशा, पसल, ब्यबसाय एबं घरमा एक्लै हुनेहरुका लागि यो सुविधा सहायक सिद्ध हुने रेष्टुरेण्टको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैधरुपमा भित्र्याइएको ३ क्विन्टल कुखुरा बरामद

२४ मंसिर २०८०, आईतवार १४:२८
नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको ३ क्विन्टल बोइलर कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले राप्तीसोनारी–४ कुम्मर गाउँबाट अवैधरुपमा भारतबाट ल्याएर जङ्गलमा लुकाएर राखिएको ३ क्विन्टल कुखुरा बरामद गरेको जनाएको छ । आज बिहान १० बजे प्रहरीको टोलीले ९० हजार मूल्य बराबरको ३ क्विन्टल […]

सम्बन्धित